सरकार जोगाउन आजपनि वाग्मती प्रदेश सभाको बैठक स्थगित

बाइलाइन नेपाल
५ फाल्गुन २०७७, बुधबार ०८:३१

हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक आज २ बजे बस्ने भनिएकोमा विशेष कारणवश स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि प्रदेशसभाको बैठक माघ १९ गते पनि अनिश्चितकालको लागि स्थगित गरिएको थियो । ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार जोगाउनका लागि पटकपटक प्रदेश सभाको बैठक छल्दै आएका छन् । नेकपाको बहुमत समूहले मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि बैठक छल्दै आएका हुन् ।

अल्पमतमा रहेका मुख्यमन्त्री पौडेलले बैठक राख्दा सरकार नै ढल्ने भएपछि बैठक स्थगित गर्दै आएका छन् । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ पनि ओली समूहका हुन् । उनले पनि गुटलाई साथ दिएको भन्दै आलोचना भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*