हेटौंडामा साढे ३४ करोडमा बस टर्मिनल भवन बन्ने

बाइलाइन नेपाल
२३ माघ २०७७, शुक्रबार १६:५४
प्रतिकात्मक तस्वीर

हेटौंडा उपमहानगरपालिकामा व्यवस्थित बस टर्मिनल भवन बन्ने भएको छ । टर्मिनल बनाउन उपमहानगर र नगर विकास कोष बीच २० करोड ६९ लाखको ऋण सम्झौता भएको छ । उपनगरमा व्यावसायिक क्रियाकलापलाई विस्तार तथा व्यापारिक केन्द्रका रुपमा विकास गराउने उद्देश्यसहित बस टर्मिनल भवन निर्माणका लागि ऋण सम्झौता भएको हो ।

हेटौंडा बस टर्मिनल भवन आयोजनाको निर्माणको कुल अनुमानित लागत ३४ करोड ४९ लाख ९७ हजारको ६० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ४० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

वाग्मती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाको सौन्दर्यका लागि सुविधासम्पन्न यस टर्मिनल भवन क्षेत्रमा साना-ठूला गरी १३० वटा गाडीहरु एकै साथ पार्किङ गर्न सकिने सुविधा रहेको छ साथै यस व्यावसायिक भवनभित्रको दुईतले बेसमेन्ट पार्किङमा ९० वटा चारपाङ्ग्रे र २५० वटा दुईपाङ्ग्रे सवारीसाधनका लागि पार्किङ सुविधा छ जसले हेटौंडा बजारमा रहेको अव्यवस्थित पार्किङलाई न्यूनीकरण गरी व्यवस्थित र सुविधायुक्त पार्किङ व्यवस्थापनमा सहयोग पुग्नेछ । यस आयोजनाबाट उपमहानगरपालिकाको आर्थिक वृद्धिमा समेत टेवा पुग्नेछ ।

हेटौंडा बस टर्मिनल भवन निर्माणका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतबीच सम्झौता भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*