हेटौंडासहित जिल्लाका विभिन्न स्थानमा मशाल जुलुस

बाइलाइन नेपाल
२१ माघ २०७७, बुधबार २०:०४
हेटौंडमा निकालिएको मशाल जुलुस ।

हेटौंडा । नेकपा प्रचण्ड–नेपाल समूहले मकवानपुरका विभिन्न स्थानीय तहमा मशाल जुलुस निकालेका छन् । भोली बिहीबार आव्हान गरिएको नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपाले मशाल जुलुस निकालेको हो ।

थाहा नगरमा निकालिएको मशाल जुलुस ।

मकवानपुरको हेटौंडा, मनहरी, थाहा नगरपालिका, वाग्मती गाउँपालिकालगायतका स्थानीय तहमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले मशाल जुलुस निकालेका हुन् । हेटौंडाको बैक रोडबाट निस्किएको मशाल जुलुस सिमा चोकमा पुगेर अन्त्य भएको थियो । सयौंको संख्यामा रहेका कार्यकर्ताले नेपाल बन्द सफल पारौंलगायतका नारा लगाएका थिए । जुलुशले प्रधानमन्त्री ओलीको विरुद्धमा नाराबाजी समेत गरेको थियो ।

वाग्मती गाउँपालिकामा निकालिएको मशाल जुलुस ।

मशाल जुलुस निकाल्ने थाहा पाएपछि हेटौंडा बजारमा व्यापक प्रहरी परिचालन गरिएको थियो । प्रर्दशनकारी र प्रहरीबीच धकेलाधकेल भएपनि कुनै अप्रिय घटना भने हुन पाएन् । नेकपा मकवानपुरले भोलीको बन्द सफल पार्नका लागि सबै पक्षलाई आव्हान गरेको छ ।

मनहरी गाउँपालिकामा निकालिएको मशाल जुलुस ।

भोली बिहानैबाट कर्रा, राप्ती, सामरी पुललगायतका स्थानमा सवारीसाधन सञ्चालनमा रोक लगाउन नेता तथा कार्यकर्ता खटिने नेकपा मकवानपुरले जनाएको छ । भोली बजार, ओद्योगिक क्षेत्र,शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*