सहयोगी मन नेपालद्वारा विवरण संकलनमा सहजिकरण

बाइलाइन नेपाल
२१ माघ २०७७, बुधबार १९:२६

हेटौंडा । सहयोगी मन नेपाल,मकवानपुरले राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्ने कार्यमा सहजिकरण गरेको छ । गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधागको आयोजना तथा जिल्ला प्रशासन कार्यलय मकवानपुरको सक्रियतामा हेटौंडा ६ मा आजदेखि संचालन गरिएको राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्ने कार्यमा सहयोगी मन नेपालले स्यमसेवी रुपमा सहजिकरण गरेको हो ।

आजदेखि सुरु भएको विवरण संकलन गर्ने कार्यमा सहयोगी मन नेपालले १५ दिन स्यमसेवी रुपमा सहजिकरणको काम गर्ने सहयोगी मन नेपालका अध्यक्ष केदार प्रसाद चौलागाईले जानकारी दिए ।

हेटौंडा-६ को बालजागृती युवा वर्ष विद्यालयमा सुरु भएको कार्यक्रममा संस्थाले आजै मानविय स्वास्थ्य ख्याल गर्दै मास्क,सेनिटाईजर तथा पिउने पानी मिनलवाटरको व्यवस्था समेत गरेको सहयोगी मनका अध्यक्ष चौलागाईले बताए । सहयोगी मन नेपालले समाजमा विभिन्न सेवामूलक कामहरु गर्दै आईरहेको अध्यक्ष चौलागाईले बताए । उनले आउँदो दिनहरुमा पनि विभिन्न किसिमको सेवामूलक कामहरु गर्ने बताए ।

राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन कार्यमा संस्थाका सल्लाकार शिव खनाल,स्थानीय जनप्रतिनिधि कल्पना विक,विद्यालय शिक्षक,शिक्षिका लगाएतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*