भोली नेपाल बन्द आव्हान, सबैपक्षको साथका लागि नेकपा मकवानपुरको आग्रह

बाइलाइन नेपाल
२१ माघ २०७७, बुधबार १५:००

नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्ताल (नेपाल बन्द) को घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

यसअघि प्रतिनिधि सभा विघटन विरुद्धको जारी तेस्रो चरणको संघर्षका कार्यक्रमलाई परिमार्जित गर्दै आम हड्ताल घोषणा गरिएको नेकपा प्रचण्ड माधव पक्षले जनाएको छ । प्रचण्ड माधव पक्षले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक अंगमा पदाधिकारीहरुलाई सपथ खुवाईएकोमा सो पक्षले भत्र्सना गरेको पनि गरेको छ ।

त्यस्तै प्रतिगमनलाई असफल पार्न जुनसुकै कदम चाल्न आवश्यक रहेकाले सवैलाई सहयोग गर्न आग्रह पनि गरेको छ । आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ । त्यसका लागि आजै साँझ मसाल जुलुस निकालिने जनाइएको छ ।

नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले भोली पार्टीले आव्हान गरेको नेपाल बन्दलाई सबैपक्षले सहयोग गर्न आग्रह गरेकी छिन् । मलुकलाई प्रतिगमनतर्फ लैजान भएका आमषड्यन्त्रका विरुद्ध नेपाल बन्द आव्हान गरिएकाले सबैको साथ आवश्यक रहेको बताइन् । उनले पश्चगमनतर्फ अघि बढेको प्रधानमन्त्री केपी ओलीको सरकारलाई दबाब दिन र निरकुश कदम विरुद्ध आव्हान गरिएको बन्दमा सामेल हुन सिग्देलले सबै मकवानपुरबासीलाई आग्रह गरेकी छिन् ।

यस्तै नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले संविधान माथिको हस्तक्षेप, सरकारको प्रतिगमनलाई ढाल्न विभिन्न आन्दोलनका कार्यक्रमसँगै नेपाल बन्दको आव्हान गरिएको बताए । उनले सामाजिक सञ्जाल मार्फत् ‘असंबैधानिक निरंकुशता बिरुद्ध भोलि माघ २२ गते हुने आमहडतालमा उधोग, व्यापार, कलकारखाना, शैक्षिक संस्था बन्दगरी सहयोग पुर्‍याइदिनुहुन सम्पुर्णमा अनुरोध गर्दछु ।’ भन्दै आग्रह गरेका छन् ।

नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस निकालिने जनाइएको छ । मकवानपुरको विभिन्न स्थानीयतह सहित हेटौंडामा पनि मसाल जुलुस निकालिने भएको छ । हेटौंडाका विभिन्न स्थानबाट साँझ जुलुस निकालिने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*