वाग्मतीमा राप्रपा त्यागेर ५३ जना नेकपामा

बाइलाइन नेपाल
२० माघ २०७७, मंगलवार २१:०२

हेटौंडा । वाग्मती गाउँपालिकामा राप्रपा पार्टीमा आवद्ध ५३ जना नेकपामा प्रवेश गरेका छन् । नेकपा वाग्मती गाउँ कमिटी वडा नम्बर–८ को आयोजनामा आज भएको एक कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

नेकपा वाग्मती गाउँ कमिटी वडा नम्बर –८ को भुवनचुलीमा भएको कार्यक्रममा नवप्रवेशीलाई नेकपा प्रदेश कमिटी सदस्य तथा वाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलान (मधु) ले टिका लगाएर स्वागत गरेका थिए ।

सन्तलाल मोक्तानको नेतृत्वमा राप्रपा त्यागेर नेकपामा ५३ जना प्रवेश गरेका हुन् । नेकपामा प्रवेश गर्नेमा श्याम सिगार, सुमन भ्लोन, अजय भोम्जन, रमेश नेगी, उमेश लौपचन, निमा स्याङ्तान, सुवास थिङ, अनिल जिम्बा, खुर्साङ तामाङलगायत रहेका छन् ।

पार्टी कमिटी वडा नम्बर ८ का सचिव पूर्णबहादुर थिङको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती गाउँ पालिका पार्टी कमिटीका कार्यलय सदस्य तथा वाग्मती गाउँपालिका वडा नम्बर –४ का वडा अध्यक्ष रहरमान थिङलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*