बैठक स्थगित गरेपछि वाग्मती प्रदेशसभा परिसरमा नेकपा संसदले गरे नाराबाजी

बाइलाइन नेपाल
१९ माघ २०७७, सोमबार ११:५४

हेटौंडा । आज बोलाइएको बैठक एकाएक स्थगित गरिएपछि नेकपाका दाहाल–नेपाल समूहका सांसदहरुले वाग्मती प्रदेशसभा परिसरमा नाराबाजी गरेका छन् । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध उक्त समूहले दर्ता गरेको अविश्वासको प्रस्तावमा माथि छलफल हुने बैठक छलफल नै नगरी स्थगित गरेपछि सांसदहरुले तत्काल बैठक सञ्चालनको माग गर्दै धर्नासहित नाराबाजी गरेका हुन् ।

नेकपा प्रचण्ड–नेपाल पक्षका सांसदहरूले प्रदेशसभा बैठक सुचारू गर, अल्पमतको सरकार राजीनामा दे लगायतका नारा लगाएका थिए । दलका नेता अष्टलक्ष्मी शाक्य, उपनेता शालिकराम जम्कट्टेलको नेतृत्वमा नाराबजी गरेका हुन्। वाग्मती प्रदेशसभाको बैठक आज माघ १९ गते दिउँसो २ बजे बस्ने भनिएपनि एकाएक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारण भन्दै बैठक स्थगित गरिएको हो ।

मिति २०७७ माघ १९ गते दिनको २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारणले स्थगित गरिएको र मिति २०७७ फागुन ५ गते दिनको २ बजे बस्ने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जारी गरेको सूचनामा उल्लेख छ । सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने कार्यसूचि रहेको थियो ।

सभामुख सानुकुमार श्रेष्ठले सबै पक्षसँग सल्लाह नगरी बैठक एकतर्फी रुपमा स्थगित गरेकोमा नेकपाको प्रचण्ड(माधव नेपाल पक्षले आपत्ति जनाएको छ । सो पक्षका नेता अरुण नेपालले सल्लाह नगरी बैठक स्थगित गर्दा राम्रो सन्देश नगएको बताए ।

प्रचण्ड माधव पक्षधर अर्का नेता शालिकराम जमरकट्टेलले प्रदेशसभा बैठक सल्लाह नगरी सारिनु अल्मपतको सरकारको ज्यादती भन्दै यसको शशक्त प्रतिवाद गर्ने बताए । उनले सभामुख अल्पमतको सरकारको लाचार छायाँ भएको आरोपसमेत लगाए ।

जमरकट्टेलले भने ‘एकतर्फी रुपमा बैठक स्थगित गरिएको छ । यो भनेको अल्पमतको सरकारको ज्यादती हो । हामी यसको विरोधमा प्रदेशसभामै गए गरेका छौं । अविश्वास प्रस्तावमाथि छलफल भएर चाँडो टुंगो लगाइनुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*