वाग्मती प्रदेश सरकार कानुन विपरीत, सभामुख श्रेष्ठ पदीय दायित्व र मर्यादाबाट चिप्लिएः युवराज दुलाल

बाइलाइन नेपाल
१९ माघ २०७७, सोमबार १०:५२
युवराज दुलाल

हेटौंडा । नेकपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवाराज दुलालले वाग्मती सरकार कानुन विपरीत चलिरहेको आरोप लगाएका छन् । आज बस्ने भनिएको प्रदेशसभा बैठक फागुन ५ गतेसम्मका लागि स्थगित गरेपछि दुलालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अल्पमतमा काुन विपरीत चलिरहेको सरकार जोगाउन सभामुख सानुकुमार श्रेष्ठ पनि लागेको भन्दै उनले आलोचना गरेका छन् । आज सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै नेता दुलालले सभामुख समेत आफ्नो पदीय दायित्व र मर्यादाबाट चिप्लिनु दुखद भएके उल्लेख गरेका छन् । सरकारसंग नेकपाका ३३ सासंदको मात्र समर्थन छ, जुन एक तिहाइ भन्दा कम भएको दुलालले बताएका छन् । ‘कानून बमोजिम अविश्वास प्रस्ताव दर्ता भइसकेपछि वा विश्वासको मत ३० दिन भित्र लिनुपर्ने व्यबस्था छ । तर आज ४०दिन बितिसक्दा पनि सरकार षडयन्त्र गरेर सभामुख मार्फत प्रदेशसभाको बैठक स्थगित गराउदै निर्लज्ज÷निर्वस्त्र राष्ट्रको झण्डा हल्लाएर हिँडिरहेका छन् ।’– दुलालले लेखेका छन् ।

वाग्मती प्रदेशसभाको बैठक आज माघ १९ गते दिउँसो २ बजे बस्ने भनिएपनि एकाएक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारण भन्दै बैठक स्थगित गरिएको हो । मिति २०७७ माघ १९ गते दिनको २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारणले स्थगित गरिएको र मिति २०७७ फागुन ५ गते दिनको २ बजे बस्ने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जारी गरेको सूचनामा उल्लेख छ ।

सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने कार्यसूचि रहेको थियो । प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना प्रदेशसभाको सदस्यहरु छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*