थाहामा गाईपालन पकेट क्षेत्र

बाइलाइन नेपाल
१८ माघ २०७७, आईतवार २०:४०

थाहा । थाहा नगरपालिका–३ मा गाईपालन पकेट क्षेत्रको स्थापना गरिएको छ । थाहा नगरपालिका पशु तथा मत्स्य विकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत पकेट क्षेत्र बनाइ व्यवसायीक गाइपालन गर्न थालिएको पशु तथा मत्स्य बिकास शाखाका प्रमुख रुपेश कुमार मिश्रले बताए ।

गाई पकेट क्षेत्र स्थापना संगै आइतबार एक कार्यक्रमबीच उन्नत गाइ खरिद गर्ने कृषकहरुलाइ प्रोत्साहन बापत नगद बितरण गरिएको थियो । साथै गाईको बीमा रकमको ५० प्रतिशत रकमका साथै उन्नत घाँसको बिउ र आन्तरिक तथा बाह्य परजीवी बिरुद्दको औसषि समेत बितरण गरिएको थियो ।

व्यवसायीक रुपमा गाईपालन गरि आत्मनिर्भर बन्न पशु तथा मत्स्य बिकास शाखाका पशु बिज्ञ राघबेन्द्र मिश्रले कृषकहरुलाइ अनुरोध गरे । थाहा नगरपालिका वडा नं. ३ घर्तिखोलामा कामधेनु गार्इपालक कृषक समुहको स्थापना गरि व्यवसायीक दूध उत्पादन गर्न थालिएको समूहका अध्यक्ष युवराज बर्तौलाले बताए । हाल कामधेनु गाईपालक कृषक समूहमा १८ जना कृषकहरु आबद्ध छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*