वाग्मती प्रदेशसभाको बैठक सोमबार बस्ने, के होला डोरमणि पौडेलको पद ?

बाइलाइन नेपाल
१८ माघ २०७७, आईतवार १८:५१
फाइल फोटो

वाग्मती प्रदेशसभाको बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभाको यसअघिको बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित गरिएको थियो । प्रदेशसभाको अघिल्लो बैठकमा अविश्वासको प्रस्ताव दाहाल–नेपाल समूहका सांसद अरूण नेपालले अविश्वासको प्रस्ताव टेबुल गरेका थिए । उनले डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले जनताको सर्वोपरी हितमा अपेक्षाकृत ढंगले काम नगरेकाले अविश्वासको प्रस्ताव दर्ता गर्नु परेको बताएका थिए । उनले पौडेललाई पदमुक्त गरि अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्।

प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना प्रदेशसभाको सदस्यहरु छन् ।

बैठकमा छलफलसँगै अविश्वास दर्ता गर्नेको पक्षमा बहुमत पुर्याउने प्रक्रियामा जाने बताइएको छ । अब वाग्मती प्रदेशमा सरकार निर्माणका लागि निर्णायक बन्न पुगेको काँग्रेसले अहिलेसम्म ठोस निर्णय गर्न सकेको छैन् । काँग्रेसले जसलाई साथ दियो उसैले बहुमत पुग्ने अवस्था छ । प्रदेश १ र वाग्मती प्रदेशमा काँग्रेस निर्णयक बन्न पुगेपछि ओली र दाहाल–नेपाल समूहको तानातानमा परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*