ज्ञानदीपकाे २१ औं साधारणसभा सम्पन्न

बाइलाइन नेपाल
१७ माघ २०७७, शनिबार २०:०७

ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, हेटाैँडा-५ काे २० औं र २१ औं वार्षिक साधारणसभा आज हेटाैँडा-५ स्थित आफ्नै भवनमा सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष जिधराज ढकालकाे अध्यक्षतामा सम्पन्न साधारणसभाकाे उद्घाटन सत्रमा संस्थाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार केशवबहादुर श्रेष्ठ र समापन सत्रमा संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकार पिताम्बर बास्तोलाकाे प्रमुख आतिथ्य रहेकाे थियाे ।

साधारणसभाले अध्यक्ष, काेषाध्यक्ष, लेखासमिति तथा विद्यालयका प्रिन्सिपलकाे प्रतिवेदन आंशिक संशाेधनसहित सर्वसम्मतिले पारित गरेकाे छ । काेभिड कहरका कारण गत आ.व. २०७७/०७८ मा साधारणसभा सम्पन्न हुन नसकेकाले यस वर्ष २० र २१ आैँ वार्षिक साधारणसभा संयुक्त रूपमा आयाेजना गरिएकाे संस्थाका सचिव दीपक खड्काले जानकारी दिनुभयाे ।

२०५७ सालमा स्थापना भएकाे बहुद्देश्यीय सहकारी संस्थाले “शिक्षामा सहकारिता : ज्ञानदीपकाे संलग्नता” नामक नाराका साथ जिल्लाकै नमुना संस्थागत विद्यालय “ज्ञानदीप शिक्षा (जी. एस.) निकेतन मावि नामक विद्यालय सञ्चालन गर्नुका साथै वचत तथा ऋण कार्यक्रम अघि बढाइरहेकाे छ । आगामी दिनमा बहुउद्देश्यीय सहकारीकाे उद्देश्यअनुरूप विविध खालका क्षेत्रमा संस्थाले लगानी गर्ने याेजना रहेकाे संथाका अध्यक्ष जिधराज ढकालले जानकारी दिनुभयाे । कार्यक्रम माघ १५ देखि १७ सम्म ३ दिनसम्म भएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*