सहयोगी मन नेपालद्वारा न्यानो कपडा सहयोग

बाइलाइन नेपाल
१६ माघ २०७७, शुक्रबार १७:०५

सामाजिक सेवाको काममा सक्रिय संस्था सहयोगी मन नेपालले आर्थिक रुपले विपन्न, अपाङ्ग र दृष्टिबिहिन बृद्धहरुलाई न्यानो कपडा सहयोग गरेको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्वर –६ निवासी ८ जना बृद्ध अपाङ्ग तथा दृष्टिबिहिनहरुलाई न्यानो कपडा(ज्याकेट), उनीको टोपी सहयोग गरी चिया नास्ता खुवाएर विदाई गरिएको संस्थाका अध्यक्ष केदारप्रसाद चौलागाईँले तु खबरलाई जानकारी दिए । न्यानो कपडा सहयोगका लागि संस्थाका उपाध्यक्ष दिपक तिवारीले सहजिकरण गरेका हुन् ।

सोही सहयोग हस्तान्तरण कार्यक्रममा निलकण्ठेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोलानाथ दुलालले बृद्ध नागरिकहरुलाई धुम्रपान, मध्यपान जस्ता कुलत त्यागेर आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने सुझाव दिएका थिए ।

संस्थाका अध्यक्ष चौलागाईँ र बरिष्ठ सल्लाहकार शिव खनालले बृद्धहरुलाई चिसोबाट बच्न न्यानो कपडा सहयोग गर्न पाउँदा निकै खुशी लागेकोे र आगामी दिनहरुमा पनि यस्तै सामाजिक काममा संस्थालाई क्रियाशिल बनाइने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी आफ्नो जन्मदिनको अवसरमा संस्थाका सदस्य इन्जिनियर आनन्द खतिवडाले संस्थालाई मानवीय सेवाका लागि नगद ११०० रुपैयाँ सहयोग प्रदान गरेका थिए । सहयोगी मन नेपालले यसअघि पनि विभिन्न सामाजिक काम गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*