मुख्यमन्त्रीबाट पौडेललाई हटाई शाक्यलाई बनाउने प्रस्ताव प्रदेशसभाको बैठकमा पेश

बाइलाइन नेपाल
९ माघ २०७७, शुक्रबार १३:५२

हेटौंडा । वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावले बैठकमा प्रवेश पाएको । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावले प्रवेश पाएको हो ।

प्रदेशसभाको बैठकमा अविश्वासको प्रस्ताव दाहाल–नेपाल समूहका सांसद अरूण नेपालले अविश्वासको प्रस्ताव टेबुल गरेका हुन् । उनले डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले जनताको सर्वोपरी हितमा अपेक्षाकृत ढंगले काम नगरेकाले अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए । उनले पौडेललाई पदमुक्त गरि अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरे ।

उनले समृद्धिका लागि गठन भएको प्रदेश सरकारको काम हेर्दा शिर निहुराउनुपर्ने अवस्था आएको बताए । उनले संघीयतामाथि आक्रमण गर्ने काम भएको बताए । प्रधानमन्त्री केपिशर्मा ओलीले प्रदेश संघको इकाई भनेर अपमान गरेको उनको भनाइ थियो । आफुहरूले यस्तो अवस्थाबाट मुक्त हुनुपर्ने मान्यताका आधारमा अष्टलक्ष्मी शाक्यलाई संसद दलको नेता चयन गरेको उनले बताए ।

अब प्रदेशसभाको अर्को बैठक माघ १९ गते २ बजे बस्ने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*