मुख्यमन्त्री डोरमणिविरुद्धको अविश्वास प्रस्ताव आज टेबल नहुने

बाइलाइन नेपाल
७ माघ २०७७, बुधबार १४:४८

वागमती प्रदेशको प्रदेशसभाको आजको बैठक सहज रुपमा अघि बढाउन दलहरु सहमत भएका छन् । बैठक दिउँसो ३ बजे बस्दैछ । प्रदेशसभा बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आजको बैठक सहमतिमै अगाडि बढाउने सहमति जुटाएको हो ।

आजको बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने बाहेक अरु कार्यसूची नराखिएको सांसद विशाल खड्काले जनाकारी दिए । उनका अनुसार आजको बैठकमा नेकपा संसदीय दलको प्रमुख नेताका रुपमा अष्टलक्ष्मी शाक्य र मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेलले सम्बोधन गर्नेछन् ।

बैठकमा अविश्वासको प्रस्ताव टेवल नहुने भएको छ । अविश्वास प्रस्ताव कसरी पेश गर्ने भन्ने विषयमा छलफल गर्न गठित नौ सदस्यीय कार्यदलको बैठक बुधबार बेलुका बसेर छलफल गर्ने प्रदेशसभा सदस्य खड्काले जानकारी दिए ।

वाग्मती प्रदेशसभाको मंलबार बसेको कार्य परार्मश समितिको बैठकले मुख्यमन्त्री  पौडेलको विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावलाई संसद्को बैठकमा छलफलमा ल्याउने कार्यविधि तयार पार्न नेकपा संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा प्रदेशसभाका सदस्यहरु गणेशप्रसाद दुलाल, राजेन्द्रप्रसाद पाण्डे, बुद्धिमान माझी, शोभा शाक्य, रीना गुरुङ, छिरिङदोर्जे लामा, रीता माझी र पुकार महर्जन रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको माघ ७ गते ३ बजे बस्ने सातौँ बैठकमा विभिन्न दलको तर्फबाट प्रदेशसभाका सदस्यले शुभकामना मन्तव्य प्रस्तुत गर्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। प्रदेशसभामा अहिले नेकपाको ८०, नेपाली कांगे्रसको २२, विवेकशील साझा दलको तीन, नेपाल मजदूर किसान पार्टीको दुई, राप्रपाको दुई र एक स्वतन्त्र गरी ११० सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*