ओलीले संविधान माथि ‘कु’ गरेः न्यौपाने

बाइलाइन नेपाल
२६ पुष २०७७, आईतवार ०८:४५

हेटौंडा ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले संबिधानमा नभएको ब्यबस्था लागु गरेर प्रधानमन्त्री केपीशर्मा ओलीले ‘कु’ गरेको आरोप लगाएका छन् ।  नेकपा मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

भेलामा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्रीको कदम असंबैधानिक भएको भन्दै संबिधानभन्दा माथि ब्यक्तिमा कुनै पनि अधिकार निहित नभएको बताए ।

कार्यक्रममा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले प्रधानमन्त्री ओलीले झुठको खेती गरेको आरोप लगाइन । उनले भनिन्–“ एमाले एमाले मिलौं भन्दै हिड्ने अनि म एकताको पक्षधर हो भनेर झुठ बोल्ने । ’

नेकपा हेटौंडा उपमहानगरपालिका –४ का वडा सचिव हरि ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य सूर्य चन्द्र न्यौपाने , जिल्ला संगठन बिभाग प्रमुख एवम् पार्टी कार्यालय सदस्य बद्री लम्साल , श्रीधर पोख्रेल , जिल्ला सचिवालय सदस्य एवम् संगठन बिभाग सहप्रमुख कमानसिं पाख्रिन (पृथक), विवेक राई , शेरबहादुर पहरी , जिल्ला सदस्यहरु मदन दाहल , आरती पाठक , रिनेश श्रेष्ठ , पुनम खतिवडा , निबन्ध लामा , नगर पार्टी अध्यक्ष रघु आचार्य , सचिव तिर्थ थापा मगर लगायतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*