मनहरी गाउँपालिका विवादः उपाध्यक्षको नेम प्लेट उप्काइयो, टेबलमा रहेका सामान फालियो

बाइलाइन नेपाल
२२ पुष २०७७, बुधबार ०८:०८
उपाध्यक्ष मनिला विष्टको कार्यकक्षमा फालिएका सामानहरु

हेटौंडा । मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले राजीनामा नदिएको र गाउँपालिकाले राजीनामा स्विकृत गरेको विषय झनै पेचिलो बन्दै गएको छ । नेकपा विवादको चेपुवामा परेको उपाध्यक्ष विष्टको राजीनामा सम्वन्धी विवादले मनहरी गाउँपालिका कार्यालय तनावग्रस्त बन्न पुगेको छ ।

गतशुक्रबार उपाध्यक्ष विष्टले दिएको राजीनामा गाउँपालिका बैठकले स्विकृत गरेको थियो । तर उपाध्यक्ष विष्टले पत्रकार सम्मेलन गर्दै आफुले राजीनामा नदिएको दाबी गरेकी छिन् । अहिलेसम्म राजीनामा दिएको र स्विकृत गरेको आधिकारी पत्रि नपाएको उपाध्यक्ष विष्टको भनाई छ ।

यही बीचमा उपाध्यक्ष विष्टको कार्यकक्ष देखि सवारीसाधनसम्म प्रयोगमा गाउँपालिका कार्यालयले रोक लगाएको छ । उनको कार्यकक्षमा राखिएको नेम प्लेट निकालिएको छ भने टेवुलमा रहेका सामानहरु फालिएको छ । उपाध्यक्ष विष्टले सामाजीक सञ्जाल मार्फत् आफु माथि हिंसाजन्य व्यवहार भएको बताएकी छिन् । नियमित रुपमा जनताको काममै रहेको अवस्थामा कार्यकक्षका सामान फाल्ने हर्कत गरिएको उनले उल्लेख गरकी छिन् ।

अध्यक्ष एकराज उप्रेतीको निर्देशनमा नेमप्लेट उप्काउने देखि कार्यकक्षको सामान फाल्ने काम भएको उपाध्यक्ष विष्टको आरोप छ । प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईंले पनि अध्यक्ष ज्युले आइतवारदेखि नै त्यो कोठामा ताला लगाउनु वोर्डसोड हटाउनु भनेको किन नहटाको ? त्यहा बसेर फोटो खिचेर हालिराको छ भनेर कराउनु भो अनि झिकेर राखेको भन्ने जवाफ दिनुभएको भन्ने कुरा उपाध्यक्ष विष्टले उल्लेख गरेकी छिन् ।

महत्वपूर्ण कागजपत्र रहेको आफ्नो कार्यकक्षको सुरक्षा गर्न उपाध्यक्ष विष्टले उक्त कार्यकक्षमा कर्मचारीको रोहवरमा ताला लगाएको उपाध्यक्ष विष्टले उल्लेख गरेकी छिन् ।

राजीनामा स्विकृत भइसकेको जनप्रतिनिधिले अब पनि पहिलेकै सुविधा खोज्नु नै गलत भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । उनले भने–‘उहाँले पदबाट दिएको राजीनामा स्विकृत भइसकेको छ । त्यसैले नेमप्लेट निकालिएको हो । उहाँले उपाध्यक्षको हैसियतले गाउँपालिकाबाट प्राप्त गर्दै आउनुभएको सुविधा अब पाउनु हुन्न ।’

कार्यकक्षको सामान मिल्काइएको विषयमा अनुसन्धान भइरहेको छ । सीसी क्यामेराको फुटेज हेरेर कस्ले गरेको पत्ता लाग्ने र प्रशासनलाई अनुसन्धानका लागि भनेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

उपाध्यक्ष विष्टले सामाजीक सञ्जालमा यस्तो लेखेकी छिन् ।

सम्पूर्ण मनहरीवासी, आमजनसमुदायहरु जिल्ला र नेपालभरमै मनहरी गाउँपालिकाको उपाध्यक्षको राजिनामाको विषयले चर्चा पाएकोछ। आजसम्म मलाइ आधिकारिक जानकारी छैन म नियमित जनताको काममा कार्यालय र फिल्डमा अनवरत लागिरहेको छु। चरणवद्द ढँगले म माथिको हिँसाजन्य व्यवहारले सिमा नाघेको छ फोन गर्दा नउठाउने कार्यालयमा आउन नसक्ने आफु लुकेर एक दुई आसेपासे प्रयोग गर्ने कार्यालय समयमा कोहि देखा नपर्ने दिनानुदिन एकपछि अर्को गर्दै एउटा थोत्रो गाडि थियो हिजो वाट खोसियो । आज मेरो कार्यकक्षमा यो हविगत गरेको छ लामिटारको भवनमा टेक्न नजाने मान्छे कार्यपालिकाको वैठक वस्न भनि सभाहलको गेट र इजलास भवनको समेत ताला काटेको छ। वेलुका साँजसम्म एक दुई कर्मचारिको वाइक गा,पा मा छ । घरमा आएर धेरैवेरको प्रयासपछि कार्यकारि प्रमुख देवराज चौलागाइ सरसँग फोन सम्पर्क भयो मेरो च्याम्वरमा कस्ले यो लथालिङ्ग पारेर वोर्ड र नेमप्लेट फालियो भनि सोध्दा फालेको हैन अध्यक्ष ज्युले आइतवारदेखि नै त्यो कोठामा ताला लगाउनु वोर्डसोड हटाउनु भनेको किन नहटाको त्यहा वसेर फोटो खिचेर हालिराकोछ भनेर कराउनु भो अनि झिकेर राखेको भन्ने जवाफ दिनुभएकोछ। मेरो सम्पूर्ण महत्त्वपूर्ण कागवात समेत त्यहि राखेकोछु यो अवस्था यो हर्कत कतिसम्म जाहेज छ गोप्य सुचना अनुसार राति राति एक जना लेडज सहित तीन जना आएर गा पा मा पसि झोला लिएर निस्कने गरेको सम्म कुरो छ। मैले इ प्र का नेवारपानिलाइ जानकारी गराएकोछु मेरो कोठा मेरो रोहवरमा खोल्नुपर्छ यो रमिता देखेपछि मैलेपनि अर्को ताला किनि कर्मचारी तीन जनाको रोहवरमा लगायर सामानको सुरक्षा गरेको छु। एस्तो सास्ती आफैलाइ मार्न आउनेलाइ पनि कसैले नदेवस। भन्न चाहन्छु मेरो लागि ढोका वन्द भएको हैन हजारौ ढोका खुलेको हो चेतना रहोस। हिम्मत छ भने लुकेर अगाडि आउने हैनभने घाइते सिँह हु मलाइ जिस्क्याउने प्रयास नगरे हुन्छ। यहि हो सुगा रटाइ गरेर भन्ने गरेको विधि र प्रक्रिया यो विधिको शासन हो कि व्यक्तिको ? यसको छानवीन तुरुन्तै हुनुपर्यो र कारवाहिको दाहेरामा ल्याउन सवैले पहल गरियोस।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*