वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश

बाइलाइन नेपाल
१७ पुष २०७७, शुक्रबार १४:४२

हेटौंडा । वाग्गमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लास्थित राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्ने र यथाशीघ्र कार्यान्वयनका लागि अनुरोध गर्ने पनि निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

अब बस्ने बागमती प्रदेशसभाको बैठकलाई महत्वका साथ हेरिएको छ । नेकपाका प्रचण्ड नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री डोरमणि पोडेलविरुद्ध अविस्वास प्रस्ताव ल्याएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*