३ वर्षपछि निर्वाचन क्षेत्र पुगे कमल थापा

बाइलाइन नेपाल
१४ पुष २०७७, मंगलवार ०७:४८

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा ३ वर्ष पछि आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । अघिल्लो निर्वाचनमा भोट माग्न गएपछि त्यस क्षेत्रमा थापा सोमबार पहिलो पटक पुगेका हुन् । मकवानपुरको प्रतिनिधिसभा अन्र्तगत क्षेत्र नम्बर १ को वाग्मती गाउँ पालिकामा पुगि विभिन्न वडाका आयोजित अगुवा कार्यकर्ता भेलामा सहभागी हुँदै थापाले सम्बोधन गरे ।

०६२÷६३ को परिबर्तन पछि मुलुकले लिएको बाटो र मार्गचित्र त्रुटिपूर्ण भएको भन्दै थापाले त्यो मार्ग सच्याउन जरुरी भएको बताए । उनले अब काग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको दाबी गरे । राईगाउँ र फापरबारिमा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफुले चुनाव के कारणले हारेको बुझ्न नसकेको समेत चर्चा गरेरु आफूसङ्ग प्रतिस्पर्धा गर्ने भन्दा म मा के कुरा कम छरु योग्यता , क्षमता, अनुभव भनी प्रश्न गर्दै थापाले आफुले मकवानपुरे जनताको थप माया खोजेको बताए।

काङ्ग्रेस कम्युनिस्टको असफलता र अकर्मण्यताको चर्चा गर्दै थापाले भ्रष्टाचार , बेरोजगारीको अन्त्य अहिलेको प्रमुख आबश्यकता भएको बिचार ब्यक्त गरे । क्रान्ति र परिबर्तनको गफ दिने शक्तिहरु स्वार्थ ,शक्ति र पदको भागबण्डामा रुमलिएर देशलाई बर्बाद गराउन उद्दत रहेको भन्दै थापाले आफुलाई ठुला भन्ने शक्ति काङ्ग्रेस कम्युनिस्ट असफल भएको बताए ।

कार्यक्रममा बोल्दै पार्टीका कार्य सम्पादन समिति सदस्य राजाराम बर्तौलाले इमानदारीता,निष्ठा र सिद्धान्त प्रतिको प्रतिबद्धताकाको जगमा टेकेर राप्रपालाई मुलुकको बलियो र स्थायी शक्ति बनाउनु पर्ने आबश्यकतामा जोड दिए। भ्रष्ट र असक्षमलाई बिस्थापित गरि राप्रपालाई स्थापित गर्न उनको आग्रह थियो ।

कार्यक्रममा राप्रपा मकवानपुर अध्यक्ष रामहरि न्यौपाने,जिल्ला सचिब सागर थापा, दिलबहादुर बल,शरणकाजी श्रेष्ठ ,जोसेफ राई, मदन राना लगायतले बोलेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*