आज हेटौंडामा प्रचण्ड–माधव पक्षको भेला

बाइलाइन नेपाल
१२ पुष २०७७, आईतवार ०९:१४

हेटौंडा । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षिय नेकपाको आज हेटौंडामा भेला हुँदैछ । संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आइतबार हेटौंडामा भेला गर्न लागेको हो ।

रोयल पार्टी प्यालेसमा हुने भेलामा नेकपा मकवानपुरका वडा तहसम्मको प्रतिनिधित्व रहने जिल्ला सचिव प्रेमबहादुर पुलामी छिन्तुले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले गरेको संसद विघटन गरेको विरोधमा कार्यक्रमको आयोजना गरिएको उनले बताए । वडा तहसम्म प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदमका बारेमा कार्यकर्तालाई बुझाउन भेलाले सहयोग गर्ने उनको भनाई छ ।

पार्टी देखिएको समस्या र प्रधानमन्त्रीको कदमका बारेमा अन्यौलमा रहेका कार्यकर्तालाई स्पष्ट पार्नका लागि प्रतिनिधिमलक रुपमा आजको भेलामा सहभागिता रहने जनाइएको छ । भेलामा सहभागीहरुले गाउँपालिका, वडा, गाउँ कमिटीमा प्रचण्ड–नेपाल समूहको धारणालाई पुर्याउनका लागि भेला आयोजना गरिएको छिन्तुले बताए ।

प्रधानमन्त्रीको कदम विरुद्ध प्रचण्ड नेपाल समुहकोे नौ गते सम्पन्न केन्द्रीय समिति बैठकले पुष १० गतेबाट पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जस अन्र्तगत देशभरी नै विरोध सभाको आयोजना गरिएको छ । प्रचण्ड नेपाल पक्षले संसद विघटनलाई असंवैधानकि, अलोकतान्त्रिक र प्रतिगामी कदम भनेको छ ।

सोही क्रममा पुस १० गते पार्टीका केन्द्रीय सदस्य र सांसदहरु माइतीघरमा भेला भएर संसद विघटनको विरोध गर्दै जुलुससहित निर्वाचन आयोग पुगेर हस्ताक्षर बुझाएका थिए । त्यसैदिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद पुनःस्थापना गरेरै छोड्ने बताएका थिए ।

त्यस्तै उनीहरुले नेकपाको मुलधार आफुहरुले नेतृत्व गरेको पार्टी नै भएको भन्दै आफ्नो पक्षमा झण्डै दुई तिहाइ केन्द्रीय सदस्य रहेको जनाकारी गराएका थिए ।

आन्दोलनका कार्यक्रम अन्तर्गत पुष ११ गते शनिबार सबै प्रदेश कार्यालयहरुको संयोजनात्मक बैठक बसेको सो पार्टीले जनाएको छ । पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न गर्न नेकपाले सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय २१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन गरेको छ ।

संसद विघटनका विरुद्धमा सर्वोच्च अदालतमा समेत एक दर्जन बढी रिट परेका छन् । जसको बुधबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*