मकवानपुरमा कृष्णप्रसाद भट्टराईको जन्मजयन्ती मनाईयो

बाइलाइन नेपाल
८ पुष २०७७, बुधबार १४:५७

हेटौंडा/पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको हेटौंडामा ९७ औं जन्मजयन्ती मनाईएको छ ।
कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता कांग्रेस मकवानपुरको कार्यालयमा सन्त नेता भट्टराईको तस्विरमा माल्यार्पण गरी मनाईएको हो ।

कार्यक्रममा कांग्रेस मकवानपुरका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव आनन्द कठायत, प्रतिनिधिसभा २ का क्षेत्रीय सभापति यतिराज सापकोटा, नेपाल विद्यार्थी संघका अध्यक्ष राजु खतिवडा, तरुण जिल्ला सचिव सचित थापा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, तरुण नगर अध्यक्ष सुनिल गिरी, ट्रेड युनियनका पूर्व जिल्ला अध्यक्ष अर्जुनलाल श्रेष्ठलगायतले कृष्णप्रसाद भट्टराईको जीवनीको बारेमा चर्चा गर्नुभएको थियो ।

सन्त नेता भट्टराईको जन्म विक्रम सम्बत् १९८१ पुस ८ गते भारतको बनारसमा भएको थियो । उनका पिता राणा शासनमा निर्वासित भएपछि परिवारले नै भारतको बनारसमा निर्वासित जीवन बिताएको थियो । नेता भट्टराईले नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पार्न महत्वपूर्ण भूमिका खेलेका थिए । २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन हुँदा उनी संस्थाका महामन्त्री रहेका थिए ।

प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका भट्टराई २०१६ सालमा प्रतिनिधिसभाका सभामुख र २०४६ को जनआन्दोलनले ३० वर्षे पञ्चायती शासन अन्त्य गरेपछि भट्टराई अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।

नेपाल अधिराज्यको संविधान, २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्वपूर्ण दायित्व भट्टराईले सफलतापूर्वक बहन गरेका थिए । तर आफू प्रधानमन्त्री भएकै बेला गराएको २०४८ को आम निर्वाचनमा भट्टराई स्वयं काठमाडौंबाट पराजित भएका भट्टराई पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए ।

कार्यक्रममा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्यहरु राजिव सुवेदी, खड्ग गोपाली, अमृता थापामगर, क्षेत्रीय सभापति तारानाथ चौलागाई, महलिा संघकी जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका १ का वडा सभापति हरिकृष्ण महर्जनलगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*