प्रधानमन्त्री ओलीविरुद्ध हेटौंडामा नेविसंघको प्रदर्शन

बाइलाइन नेपाल
५ पुष २०७७, आईतवार १४:५२

हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेसँगै युवाहरुले हेटौंडामा प्रर्दशन गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले ओलीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

हेटौंडा–२ स्थित नेपाली कांग्रेस पार्टी कार्यालयबाट निस्किएको विद्यार्थीको जुलुस पल्पसाहल हुँदै बजारको विभिन्न भागको परिक्रमा गरेको छ ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री प्रभात दाहाल, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवम् विद्यार्थी विभाग प्रमुख राजीव सुवेदी, नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, क्षेत्रीय सभापति सुवास सापकोटा, विद्यार्थी नेताहरु मिलन पुडासैनी, सन्तोष चौलागाईंलगायतको सभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*