ओलीलाई अध्यक्षबाट हटाइन्छ : अष्टलक्ष्मी शाक्य

बाइलाइन नेपाल
५ पुष २०७७, आईतवार १३:००
अष्टलक्ष्मी शाक्य

नेकपाको स्थायी समिति बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई कारबाही गर्ने तयारी गरेको छ । स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले स्थायी समिति बैठकले अध्यक्ष ओलीलाई कारबाही गर्ने निर्णय हुने बताईन ।

शाक्यले संविधानले परिकल्पना नगरेको संसद विघटनका लागि सिफारिश गर्ने प्रधानमन्त्रीलाई कारबाही गर्ने निर्णय गर्नुको विकल्प नरहेको बताईन । शाक्यले भनिन् ‘राष्ट्र, जनता र पार्टी हितविपरीत निर्णय गर्नेलाई अध्यक्षबाटै कारबाही गरिन्छ।’

यसअघि सचिवालय सदस्य झलनाथ खनालले पनि स्थायी समिति बैठकले आवश्यक कारबाही गर्ने बताएका थिए । शिलापत्रसँगको कुराकानीमा खनालले गैरसंवैधानिक काम गर्ने प्रधानमन्त्री ओलीमाथि आवश्यक निर्णय लिने बताएका हुन् । खनालले भने, ‘गैरसंवैधानिक निर्णय गर्नेमाथि आवश्यक कदम चाल्छौ, हेर्दै जानुहोस् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*