बकैयामा बालिकाको बलात्कार र हत्या आरोपित किशोरलाई थुनामा राख्न आदेश

बाइलाइन नेपाल
३० मंसिर २०७७, मंगलवार ०९:१०

चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक किशोरलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । आरोपी १४ वर्षीय भएकाले जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले आइतबार हेटौंडा–११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा राख्न आदेश गरेको हो ।

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका किशोर हेटौंडा नजिकैको बकैया गाउँपालिकाका हुन् । मंसिर २ गते बुबाआमासँगै छिमेकीको पूजामा गएकी बालिकालाई ‘घर जाउँ’ भनी लगेर बलात्कारपछि ढुंगाले हिर्काएर हत्या गरेको खुलेपछि किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मनसाही खोलाको बगरमा बलात्कार गरेको र त्यहीं हत्या गरेको अनुसन्धानमा खुलेको हो । बालिका हराएपछि खोज्ने क्रममा बगरमा रगताम्य अवस्थामा शव भेटिएको थियो । प्रहरीका अनुसार खोजतलासमा अघि सरेका ती किशोरले नै शव देखाएका थिए । ९ कक्षामा पढ्ने किशोर पछिल्लो समयमा लागूऔषध सेवन गर्न थालेको पनि खुलेको छ । इकान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*