डेढ वर्ष प्रयोग गरेपछि अध्यक्ष घिमिरेले फिर्ता गरे मोटरसाईकल

बाइलाइन नेपाल
२९ मंसिर २०७७, सोमबार ०८:२५

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ का वडा अध्यक्ष भागवत घिमिरेले गाउँपालिकादे उपलब्ध गराएको मोटरसाईकल सुविधा फिर्ता गरेका छन् । गाउँपालिकाले डेढ वर्ष अघि उपलब्ध गराएको सुविधाको मोटरसाइकल उनले फिर्ता गरेका हुन् ।

आईतबार गाउँपालिकाको जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मोटरसाईकल फिर्ता गरेको वडा अध्यक्ष घिमिरेले जानकारी दिए । सुविधाको खर्च विकासको काममा लगाउने बताउँदै उनले अब निजी सवारीसाधनको प्रयोग गरेर जनताको काममा लाग्ने बताए । तर वडा अध्यक्ष घिमिरेले डेढ वर्ष प्रयोग गरेपछि सुविधाको मोटरसाइकल फिर्ता गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*