कोरोना संक्रमणबाट हेटौँडाका एक वृद्धको मृत्यु

बाइलाइन नेपाल
२७ मंसिर २०७७, शनिबार ०७:३७

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–५ निवासी एक कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। हेटौंडाको सहकारी अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर अस्पतालमा उपचार गराइरहेका हेटौँडा–५ का ८५ बर्षीय एक वृद्ध पुरूषको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ। भरतपुरमा उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

मंसिर २५ गते ज्वरो,खोकी,श्वासप्रश्वासमा समस्या भई उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका उनको गएराति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई २४ गते कोरोना पुष्टि भएको थियो। अस्पतालको आधिकारिक फेसबुक पेजमा उनको कोभिड निमोनियाबाट मृत्यु भएको उल्लेख गरेको छ।

पारिवारिक स्रोतका अनुसार एक वर्ष अघि उनलाई पक्षघात भएको थियो । उपचारपछि केही सुधार भएको थियो तर एक्कासी श्वास्प्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*