आज पत्रकार महासंघ मकवानपुरको १६ औं साधारणसभा

बाइलाइन नेपाल
२६ मंसिर २०७७, शुक्रबार ०६:५४

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शखाको १६ औं साधारण सभा आज हुँदैछ । हेटौंडा– ५ मा रहेको हेटौंडा रिसोर्टमा साधारणसभाको आयोजना गरिएको छ । । साधारण सभाको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गर्ने कार्यक्रम रहेको छ । नेपाल पत्रकार महासंघ केन्द्रले देशका मंसिर महिना भित्र ७७ वटै जिल्लामा साधारण सभा सक्न निर्देशन दिएको थियो ।

महासंघले साधारण सभा गर्नलाई तोकिएको मितिमा बागमती प्रदेशका १३ वटा जिल्ला मध्यमा मकवानपुर जिल्लाले पहिलो साधारण सभा गर्न लागेको अध्यक्ष हरि हुमागाईले बताए । आजको साधारण सभाले जेष्ठ पत्रकार पेन्सन सम्वन्धी कार्यविधि समेत पास गर्ने तयारी गरिएको छ ।साधारणसभामा पत्रकारिता पुरस्कार प्रदानको कार्यक्रम पनि रहेको अध्यक्ष हुमागाईंले बताए ।

साधारणसभाको उद्घाट सत्र पछि बन्दसत्र हुने जनाइएको छ । बन्दसत्रमा सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्ततसहित विविध विषयमा छलफल हुने छ । महासंघको नयाँ नेतृत्वका लागि २०७७ फागुन ३ गतेलाई मिति तय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*