पदमपोखरीमा ५४ लाख लागतमा स्लाब ढलान र खहरे नियन्त्रणको काम सुरु

बाइलाइन नेपाल
२४ मंसिर २०७७, बुधबार १९:२७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका– १३ पदमपोखरीमा स्लाब ढलानको शिलान्यास गरिएको छ । वाग्मती प्रदेश सभाका सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले स्लाब ढलाइको शिलान्यास गरेकी हुन् । वडा नम्बर १३ को निकै विकट क्षेत्रमा पर्ने यस सडक निर्माण गर्नका लागि वाग्मती सरकारको ५४ लाख ७८ हजार रुपैयाँ लागतमा काम सुरु भएको हो ।

महेन्द्र मावि रोडको स्लाब सडक निर्माणको कामसंगै टुटेपानी–सिमपानी खहरे तटबन्ध निर्माणको पनि शिलान्यास गरिएको छ । योजना निर्माण गर्दा गुणस्तरिय काम गर्नका लागि सिग्देलले निर्देशन दिइन् । वषौदेखि सडक पीच नभएकै कारण समस्या भोग्दे आएको र विकट क्षेत्रमा खहरेमा तटवन्धनका लागि दिएको आस्वासन अनुसार काम गरिएको उनले बताइन् । वडाको यस क्षेत्र र हेटौंडाको केन्द्र जोड्नका लागि सहयोग पुग्ने प्रदेशसभा सदस्य सिग्देलले जानकारी दिइन् ।

उपमहानगरपालिका वडा शनम्बर १३ का वडाध्यक्ष मनोजकुमार वाइवाको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा नेकपा मकवानपुरका जिल्ला सचिवालय सदस्य कमानसिं पाख्रिन ( पृथक) , विवेक राई , नगर कमिटी सदस्य कृष्णप्रसाद खतिवडा, नेकपा वडा कमिटी अध्यक्ष टेकराज सापकोटा , सचिव वीर बहादुर गोलेलगायतको आतिथ्यता रहेको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*