आज गाउँपालिकामा बिदा

बाइलाइन नेपाल
२३ मंसिर २०७७, मंगलवार ०८:२३
फाइल तस्वीर

हेटौँडा । अहेवको निधन भएपछि मकवानपुरको कैलाश गाउँपालिकाले आज शोक बिदा दिएको छ। गाउँपालिका वडा नम्बर–५ गोगने स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत दुर्गा ढकालको निधनमा गाउँपालिकाका सम्पूर्ण तहबाट हुने सेवा मंगलबारका लागि बन्द रहने जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष टंक मोक्तानद्वारा जारी शोक व्यक्तव्यमा ढकालको सोमबार २२ गते भरतपुरमा उपचारको क्रममा निधन भएको थियो । उनको निधनको शोकमा गाउँपालिकाभर बिदा दिइएको उल्लेख गरेका छन्। गाउँपालिकाका विद्यालय समेत बन्द हुने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*