उद्योग वाणिज्य महासंघमा मकवानपुरका सुमार्गी विजयी, न्यौपाने पराजित

बाइलाइन नेपाल
१४ मंसिर २०७७, आईतवार ०८:३०

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मकवानपुरका अरुणराज सुमार्गी निर्वाचित भएका छन् । जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा मकवानपुर उद्योग वाणिज्य संघको तर्फबाठ उम्मेदवार बनेका सुमार्गीले सातौं नम्बरमा विजयी भएका हुन् । एक सय पाँच मत मध्ये सुमार्गीको पक्षमा ६६ मत प्राप्त भएको थियो ।

मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका सुमार्गी यसअघि पनि महासंघको केन्द्रीय सदस्य रहेका थिए । उनी किशोर प्रधान प्यानलबाट चुनावमा होमिएका थिए । यद्यपी केन्द्रीय कार्यकारिणी उपाध्यक्षमा प्रधान भने पराजित भएका छन् ।

त्यस्तै मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने भने केन्द्रीय सदस्यमा पराजित भएका छन् । रामेछाप उद्योग वाणिज्य संघको सिफारिसमा बागमती प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका न्यौपानेले ५ मत मात्रै प्राप्त गरेका हुन् । बागमती प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा ३ जनाको उम्मेदवारी रहेको थियो । कुल १६ मतमध्ये चितवनका चितवनका सहनलाल प्रधान ९ मतसहित विजयी बने ।

सिन्धुपाल्चोकका अर्का उम्मेदवारको भने २ मत मात्र प्राप्त भएको थियो । १६ मत रहेको बागमती प्रदेशको ब्यालेटमा १७ वटा मतपत्र भेटिएपछि केहीबेर लफडा भएको थियो । जसको बढी मत आउँछ उसकोबाट एक मत घट्ने सहमतिमा मत गणना सुरु गरिएको थियो ।-प्रदेशसञ्चार डट्कमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*