हेटौंडामा तास र कौडा खेल्ने १५ जना प्रहरीको फन्दामा

बाइलाइन नेपाल
१२ मंसिर २०७७, शुक्रबार ०८:०५
फाइल तस्वीर

हेटौँडा । हेटौंडाको पारिजातपथमा तास र कौडा खेल्ने १५ जनालाई प्रहरीले गएराती पक्राउ गरेको छ । तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–४ पारिजातपथबाट नगद सहित १५ जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शुसिलसिंह राठोरले जानकराी दिए ।

उनीहरुको साथबाट प्रहरीले ३ लाख ३२ हजार रुपैयाँ बरामद गरेको जनाएको छ । हेटौँडा पारिजातपथ बस्ने दिलबहादुर मोक्तानको घरमा जुवा खेलाईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले घर घेरा हालेर पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले आजै अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

प्रहरीले उनीहरुबाट १२ बुक तास र ३१ वटा कौडा समेत बरामद गरेका छ । तास खेलाउने घरधनी फरार रहेको जनाइएको छ। पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन,२०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*