भीमफेदी–कोगटे–इपा सडक धमाधम निर्माण

बाइलाइन नेपाल
११ मंसिर २०७७, बिहीबार ०९:०१

हेटौंडा । मकवानपुरको भीमफेदी–कोगटे–इपा, सिस्नेरी सडक निर्माणले तीब्रता पाएको छ । संघीय सरकारको सहयोगमा सडक निर्माणसँगै पुल निर्माण पनि थालिएको छ मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाको पहलमा यस क्षेत्रमा २६ किलोमिटर सडक निर्माण भइरहेको छ । नाली सहित पक्की सडक निर्माण गर्न लागिएको हो ।

भीमफेदीको कोगटेमा दुईवटा पुल निर्माणको काम भइरहेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । निर्माण हुँदे गरेको सडक र पुल निर्माणको सांसद खतिवडा र गाउँपालिकाका अध्यक्ष लामाले अनुगमन गरेका छन् । सडक निर्माणको काम तीब्र रुपमा अघि बढेको संसद खतिवडाले बताए ।

सडक निर्माण गर्नका लागि २६ करोड रुपैयाँमा ठेक्का मार्फत् काम भइरहेको अध्यक्ष लामाले बताए । नाली निर्माण सहित २६ किलोमिटरमा नौ किलोमिटर कालोपत्रे निर्माणको काम हुने उनले जानकारी दिए । उक्त सडक निर्माणका लागि एक वर्ष अगाडि टेण्डर भएको थियो । सोही सडकमा दुर्इवटा पुल पनि निर्माणको काम सुरु भएको सांसद खतिवडाले जानकारी दिए । पुल ८ करोडमा निर्माण गर्न लागिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*