हेटौंडामा निर्माण सुरु भयो वाग्मती प्रदेशसभाको सभाहल

बाइलाइन नेपाल
१० मंसिर २०७७, बुधबार १७:०७
फाइल तस्वीर

हेटौंडा । वाग्मती प्रदेशको स्थायी राजधानी हेटौंडा भएसंगै प्रदेशभाको सभाहल निर्माणको काम सुरु भएको छ । हेटौंडा– १० टिसिएनमा रहेको प्रदेशसभा भवनसँगै हल पनि निर्माण गर्न लागिएको हो । सभाहलको बुधबार प्रदेशका सभामुख सानुुकुमार श्रेष्ठले शिलान्यास गरेका हुन् ।

कुल ४ करोड ३७ लाख २४ हजार रुपैयाँ लागतमा प्रदेशभाको हलमा २ सय ५० जना अट्ने क्षमताको हुने जनाइएको छ । सभाहल एक सय ४० मिटर लम्बाइ र ८० फिट चौडाइ रहेको छ । सभाहलको शिलान्यसा गर्दै सभामुख श्रेष्ठले प्रदेशका सबैजसो भवन एकै स्थानमा बनाउने तयारी रहेको जानकारी दिए ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले तीन तहकै सरकार मिलेर काम गरेर देखाउने चरणमा लागेको बताए । विकास निर्माणका काम तीन तहका सरकार र जनसहभागितामा काम दु्रत गतिमा अगाडि बढेको दाबी गरे । कार्यक्रममा वाग्मती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले अहिलेकै सांसदले प्रयोग गर्न सक्नेगरी छिटो सभाहल निर्माण सक्न आग्रह गरे ।

कार्यक्रममा प्रदेशका उपसभामुख राधिका तामाङ, प्रदेशसभाका सदस्यहरु, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*