नेकपाको विवाद समाधानका लागि मकवानपुरका ध्रुव चौलागाईंले दर्ता गराए सुझाव पत्र

बाइलाइन नेपाल
१० मंसिर २०७७, बुधबार १६:४६

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय अध्यक्षद्वयलाई आन्तरिक विवाद समाधान गर्न आग्रह गर्दै नेकपा मकवानपुरका जिल्ला सदस्य ध्रुवप्रसाद चौलागाईंले पार्टी केन्द्रीयय कार्यालयमा आन्तरिक विवाद समाधानका सुझावहरु दर्ता गराएका छन् । सुझाव दर्ता गराए पछि केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले उक्त सुझाव अध्यक्ष कमरेडद्वय समक्ष पुर्याउनले बताएका छन् ।
यस्ता छन् विवाद समाधानका लागि सुझावहरु
१ कम्युनिष्ट पार्टीहरुमा बिचार र सिद्धान्तका लागी द्वन्द्व हुन्छ भन्ने कुरा तपाईहरुले नै सिकाउदै र हामीले पढदै आयौ तर अहिलेको आन्तरिक विवादमा कतै पनी विचार सिद्धान्तको आभास नभएकोले आन्तरिक विवाद केका लागी हो भन्ने आम कार्यकर्तालाई प्रष्ट पार्न आवश्यक भएकोले यसतर्फ ध्यान जाओस भन्ने आग्रह गर्दछु ।
२ तपाईहरु दुबै जनाले पार्टी एकता गरी केन्द्रिय कमिटीको प्रथम बैठकबाट पारित गराउनु भएको राजनैतिक प्रतिबेदनमा उल्लेखित कुराहरु एक पल्ट सिंहावलोकन गर्न आग्रह गर्दछु ।
३ तपाईहरु नै लिने र दिने स्थानमा हुनुहुन्छ जेजे लिनेदिने हो कोठाभित्रै लिनेदिने छलफल गर्नुहोस मन माझ्नुहोस तर पत्रपत्रीकामा आफ्ना विचार भावना सार्वजनिक गरेर कार्यकर्ताको भावनालाई खण्डित गराउने काम नगर्न आग्रह गर्दछु ।
४ मानविय स्वभावले कोही क. केपी ओली संग कोही क. प्रचण्ड संग अलिबढी नजिक हुनसक्छन तर एउटा नेताको अलिबढी नजिक हुदैमा अर्का नेताको कुनै पनी कुरा मनै नपर्ने र मन नपराउने पक्कै हुदैन । एउटा नेतासंगको लामो सहकार्यले कोही नजिक होला तर अर्का नेताको त्याग योगदानको पनि मुल्यांकन गरेकै हुन्छन, आदर सम्मान गरेकै हुन्छन त्यसैले यो वा त्यो पक्षको भन्ने कुरालाई महत्व नदिनुस सबै सबैका हुन र सबै कम्युनिष्ट आन्दोलनलाई अगाडी लान कृयाशिल भएका हुन भन्ने कुरालाई हेक्का राखेर सहकार्य गर्न आग्रह गर्दछु ।
५ पार्टी एकता पछीको निर्वाचनमा हामीले जनतासंग मत माग्दा अब हाम्रो पार्टी सकरकारमा गएर गरेको कामलाई हेरेर मत दिनुहोला भनेको छौ । त्यसैले केकसरी राम्रा काम गरेर देश र जनताको हितलाई सर्वोपरि वनाउन र मन जित्न सकिन्छ भन्ने कुरालाई ख्याल गर्नुस अन्यथा भोलिका दिनमा जनतावाट तिरस्कृत हुन सकिन्छ भन्ने कुरालाई ख्याल गर्न आग्रह गर्दछु ।
६ तपाईहरुका विचमा असमझदारी भए पनी कार्यकर्ताको भावनालाई तपाईहरुले अनादार गर्न पाउनु हुन्न त्यसैले तोकिई सकेको माहाधिबेशनबाट पनि धेरै कुराका छिनोफानो गर्न सकिने भएकोले चाँडो महाधिबेशन गर्नतर्फ ध्यान दिएर बैचारिक बहस थाल्न पाएपनि यो समस्या समाधान हुनसक्छ भन्ने लागेकोले यसतर्फ ध्यान दिन आग्रह गर्दछु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*