हेटौंडा उपमहानगरको खाली जग्गाामा सुविधायुक्त सभाहल

बाइलाइन नेपाल
१० मंसिर २०७७, बुधबार १६:०६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयसँगैको खाली जग्गामा सुविधायुक्त सभाहल निर्माण थालिएको । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालयले निर्माण गर्न लागेको सभाहलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार बिहान शिलान्यास गरेका छन् ।

कुल ५ करोड २६ लाख ८३ हजार रुपैयाँ लागतमा सभाहल निर्माण गर्न लागिएको हेउमनपाका मेयर हरिबहादुर महतले जानकारी दिए । उनका उनुसार सभाहल निर्माण भइपछि वाग्मती प्रदेश सरकार र उपमहानगरपालिकाले प्रयोग गर्नेगरी निर्माण थालिएको उनले बताए ।

प्रदेशका सातवटै मन्त्रालय र उपमहानगरपालिका आफैंको सभाहल नहुँदा विभिन्न कार्यक्रम गर्नका लागि समस्या हुने गरेको थियो । अब सभाहल निर्माण भएपछि सहज हने उल्लेख गर्दे मेयर महतले हलको स्वामित्व उपमहानगरपालिकाको हुनेजानकारी दिए ।

सभाहल शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले सभाहल हेटौंडाको गहना भएको बताए । उनले हल निर्माण भएपछि होटल तथा पाटी प्यालसमा गरिने कार्यक्रमहरु सभाहलमै गरिने उल्लेख गरे । उनले तोकिएकै समयमा हल निर्माण सक्न निर्देशन दिए । ‘हल बैज्ञानिक र आधुनिक तरिकाले निर्माण गर्न लागिएकाले जुनसुकै कार्यक्रम गर्न पनि सकस्या नहुने बताए ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले प्रदेश सरकारले पुल, सडक, भवन निर्माणका काममा तिव्रता दिएको बताए । प्रदेशको राजधानी हेटौंडा र काठमाडौं जोड्ने सुरुङमार्ग निर्माण र अरु जिल्लासँँग जोड्ने सडक निर्माणको कामले तिब्रता पाउने जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाका मेयर महतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामा लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*