मकवानपुरमा बुधबार बिहान २३ जना संक्रमित थपिए

बाइलाइन नेपाल
१० मंसिर २०७७, बुधबार ०७:२७

हेटौंडा । मकवानपुरमा बुधबार बिहानै २३ जना संक्रमित थपिएका छन् । जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तहमा बसोबास गर्नेसहित २३ जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका भित्रमा १३ जना कोरोना संक्रमित फेला परेका छन् । यस्तै मनहरी गाउँपालिकाको ८ जना, वाग्मती गाउँपालिका १ जना र चितवनको १ जनामामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मंसिर ९ गते संकलन गरिएको ७४ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष १० र महिला १३ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*