प्रशासन मकवानपुरले लगायो कुनकुन कार्यक्रममा रोक ?

बाइलाइन नेपाल
९ मंसिर २०७७, मंगलवार १९:१६

हेटौंडा । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनि स्थलमा हुने विभिन्न कार्यक्रम रोक लगाएको छ । प्रशासनका सूचना अधिकारी देवचन्द्र गर्तौलाद्वारा जारी सूचनामा जिल्लाका विभिन्न स्थानमा हुने संस्कृति र सामाजिक परम्परा अनुसार सार्वजनिक स्थानमा पर्व नमनाउन, जात्रा तथा मेलाको आयोजना नगर्न भनिएको छ ।

सार्जजनिक स्थानमा भीडभाड गर्दै जात्रा, मेला तथा पर्व स१चालन गर्दा कोरोनाको जोखिम झनै बढ्ने भएकोले उक्त कार्य नगर्न निर्देशन गारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले बताए । संस्कृति र सामाजिक महत्व बोकेका चाडपर्वहरुलाई घर परिवारकै सदस्यहरुबीच मनाउन आग्रहसमेत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*