हेटौंडाका विद्यालयमा मंसिर ११ गतेबाट पठनपाठन

बाइलाइन नेपाल
९ मंसिर २०७७, मंगलवार १९:०१

हेटौंडा । कोरोना भाइरसको संक्रमणको त्रासका कारण ८ महिना देखि बन्द अवस्थामा रहेका हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयहरु यही मंसिर ११ गते देखि खुल्ने भएका छन् । आज हेटौंडामा बसेको नगर शिक्षा समितिको बैठकले मंसिर ११ गतेबाट विद्यालय खोल्ने निर्णय गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।

कोरोना त्रासकै विचमा पनि यसअघि केही घण्टा मात्र सञ्चालन भएका विद्यालय अब भने पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् । हेटौंडाका केही विद्यालयले यसअघिनै पढाइ सञ्चालन गरिसकेका । नेपाल सरकारले तयार पारेको विद्यालय सञ्चालन कार्यढाँचा अनुसार विद्यालय खोल्ने निर्णय गरिएको जनाइएको छ । गतचैत ११ गते देखिबाट कोरोनाको त्रासका कारण बन्द रहेका हेटौंडाका सामुदायिक तथा निजी विद्यालयहरु सरकारले तोकिए अनुसारको स्वास्थ्य सावधानीको मापदण्ड पुर्ण रुपमा पालना गरेर बिद्यालय खोल्न लागिएको मेयर महतले बताए ।

स्वाथ्य सम्वन्धी मापदण्ड पालना भए नभएको नगर शिक्षा समिति र वडा शिक्षा समितिले अनुगमन गरिने समेत भएको छ । बिद्यार्थीको सख्याका आधारमा स्वाथ्य मापदण्ड पालना हुनेगरी विद्यालय सञ्चालन गर्नुपर्ने मेयर महतले जानकारी दिए । कोरोना त्रासका कारण घरमै बस्नुपरेका हजारौ बालबालिका अब भने विद्यालय जान पाउने भएका छन् । नगरका धेरै निजी विद्यालयले अनलाईन मार्फत् पठनपाठन गराउँदै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*