राक्सिराङ गाउँपालिकामा अस्पताल बनाउन जिससको सहयोग

बाइलाइन नेपाल
९ मंसिर २०७७, मंगलवार ०८:११

हेटौंडा । राक्सिराङ गाउँपालिकामा अस्पताल निर्माणका लागि जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले ५० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । राक्सिराङ गाउँपालिकाको वडा नम्बर ५, ठाडेचुरी स्थित अस्पताल भवन निर्माणका लागि जिससले अनुदान सहयोग गर्न लागेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ७० औं बोर्ड बैठकले गाउँपालिकामा अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले निर्माण गर्न लागेको स्वास्थ्य संस्था भवनका लागि जिससमा रहेको मौजदात कोषबाट ५० लाख रुपैयाँ अनुदान सहयोग गर्न लागिएको जिसस प्रमुख खुलालले जानकारी दिए ।

मौजादकोषबाट कोष सञ्चालन निर्देशिका बमोजिम गाउँपालिकासंगको लागत साझेदारीमा कार्य हुने गरि अनुदान रकम उपलब्ध गराईने प्रमुख खुलालले बताए । बैठकले पाचौं जिल्ला सभाबाट पारित र नीति कार्यक्रम कार्यनयन र बजेट परिचालनको लागि व्यवस्थित कार्यतालिका बनाई कार्यन्वयनमा लैजाने निर्णय गर्नुका साथै २०४९ सालको स्थानीय निर्वाचनमा मकवानपुर जिल्लाको जिल्ला विकास समिति सभापतिमा निर्वाचित, २०५६ सालको आम निर्वाचनमा मकवानपुर जिल्ला क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित माननीय वीरबहादुर लामाको निधन प्रति शोक व्यक्त गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*