नवोदय विद्यालयको समन्वयमा शिक्षकलाई सहजकर्ता तालिम

बाइलाइन नेपाल
८ मंसिर २०७७, सोमबार १७:४७

हेटौंडा । कोयस्ट नेपालको आयोजना तथा नवोदय शिशु सदनको समन्वयमा सात दिने सहजकर्ता तालिम सुरु भएको छ । विद्यार्थीको चक्रिय गुणात्मकताको अभिवृद्धि गर्ने उद्देश्यले हेटौंडा नगर तथा जिल्ला बाहिरका करिव १५ वटा विद्यालयबाट करिब २८ जनाको सहभागिता रहेको छ ।

विद्यार्थीको गुणात्मक, सिर्जनात्मक र नेतृत्वको क्षमता विकास गर्ने उद्देश्यले कोयस्ट नेपालले प्रत्येक वर्ष विभिन्न विद्यालयमा गएर कार्यक्रम आयोजना गर्ने गरेको छ । यसै अनुरुप कोभिड १९ को कारणले यस वर्ष भर्चुअल प्रविधिबाट नवोदय विद्यालयको समन्वयमा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई सहजकर्ताको एकहप्ता तालिम दिन थालिएको हो ।

तालिममा कोयस्ट नेपालका अध्यक्ष राजकुमार महर्जन तथा मास्टर ट्रेनर सिंगा लामा, अव्यक्ता खनाल, सुवर्ण केसी, रवि पाण्डेले सहजीकरण गरिरहेका छन् । तालिममा सिकेका कुराहरु प्रधानाध्यापकले विद्यार्थीहरुमाफ पु¥याएर विद्यार्थीहरुले पनि तालिम पश्चात् स्वयम उपस्थित भएर विभिन्न समूहमा विभाजन भई विद्यार्थीहरुले समस्या पहिचान गरी त्यसको समाधानको उपाय समेत आफैँ निकाल्ने छन् । मकवानपुरलाई हव बनाएर प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रियसम्म पुग्ने यो कार्यक्रमले विद्यार्थीहरुको तार्किक क्षमताको विकास गर्दै विश्लेषणात्मक तथा आलोचनात्मक दृष्टिकोण पनि बन्न प्रेरित गर्दछ । कार्यक्रममा हेटौंँडा स्कुल अफ म्यानेजमेन्ट र प्याव्सन मकवानपुरको पनि सहकार्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*