मनहरीबाट ४६ किलो गाँजासहित तीर्थराज पक्राउ

बाइलाइन नेपाल
८ मंसिर २०७७, सोमबार १६:४८

हेटौंडा । इलाका प्रहरी कार्यालय मनहरीले मकवानपुरको मनहरीबाट ४६ केजी गाँजा सहित एक जना पक्राउ परेको छ । प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको टोलिले ४६ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले मनहरी गाउँपालिका–८ सिम्पानी स्थित पूर्वपश्चिम सडक खण्डमा जिल्ला मकवानपुर कैलाश गाउँपालिका– ७ बस्ने बर्ष २३ को तीर्थराज चेपाङलाई गाँजा सहित फत्राउ गरेको जनाएको छ ।

कालो झोला बोकी जमिनमा जेव्रा झोला र प्लास्टिकको बोराको पोकाहरु लिई शंकास्पद अवस्थामा बसिरहेकोमा झोला र बोरा चेक गर्दा लागूऔषध गाँजा ४६ किलो फेला परेको हुँदा गाँजासहीत चेपाङलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*