मकवानपुरमा यस्ता कार्यक्रम गरिँदैछ महिला हिंसाविरुद्धको १६ दिने अभियानमा

बाइलाइन नेपाल
७ मंसिर २०७७, आईतवार २०:१४

मकवानपुरमा लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम आयोजना गरेर मनाईने भएको छ । आइतबार जिल्ला समन्वय समिति मकवानपुरमा लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियान मनाउने सन्र्दभमा बसेको बैठकमा जिल्लाका स्थानीय तहहरु र सरोकारवाला संघ संस्थाको सहभागितामा विभिन्न कार्यक्रम आयोजना गरेर दिवश मनाउने निर्णय भएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्ला स्तरीय र स्थानीयतह स्तरमा विभिन्न कार्यक्रमको आयोजना गरेर दिवश मनाउने निर्णय गरेको हो । बैठकले प्रत्येक स्थानीयतहहरुमा सामाजीक दुरी कायम गरेर कम्तिमा एउटा कार्यक्रम सञ्चालन गर्ने र उक्त कार्यक्रममा सामाजिक संघ संस्थाहरुले सहभागिता जनाउने निर्णय गरेको जिसस प्रमुख खुलालले जानकारी दिए ।

बैठकले यस वर्ष “लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सवैको एक्यवद्धता” भन्ने नाराका साथ मनाउन लागिएको १६ दिने अभियानमा पहिलो दिन नोभेम्वर २५ तारिकमा जिल्ला स्तरिय स्कुटी ¥याली तथा सेतो रिवन वितरण एवम् सोही दिन साँझ दिप प्रज्वलन कार्यक्रम गरी दिवसको शुभारम्भ गरिने र उक्त कार्यक्रमको संयोजन मानव अधिकार संरक्षण तथा मानव वेचविखन बिरुद्धको संजाल मकवानपुरले गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले विभिन्न संघ संस्थाहरुको सहभागितामा महिला हिंसाबिरुद्ध रोड व्यानर तयार गरी १६ दिनसम्म व्यानर प्रदर्शन गर्ने, महिला हिंसाबिरुद्धको कवि गोष्ठी आँचल साहित्य पुञ्जले आयोजना गर्ने, रेडियो सम्वाद तथा सामाजीक संजालमार्फत चेतनामुलक कार्यक्रम आयोजना गर्ने जसको लागि रेडियो वुलेटिनले संयोजन गर्ने र मानव अधिकार दिवस तथा १६ दिने अभियानको अन्तिम दिन डिसेम्वर १० तारिखमा समिक्षा तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने जसको संयोजन तथा व्यवस्थापन जिल्ला समन्वय समितिले गर्ने निर्णय गरिएको जिसस प्रमुख खुलालले जानकारी दिए ।

बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बा, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पाबर्ती राना, बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, आँचल साहित्य पुञ्जकी कार्यवाहक अध्यक्ष अनीता न्यौपाने, हेटौंडा उपमहानगरपालिकाकी महिला विकास अधिकृत विष्णुकुमारी लामिछानेलगायत विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*