पत्रकार महासंघ मकवानपुरका सचिव अधिकारीलाई कोरोना

बाइलाइन नेपाल
५ मंसिर २०७७, शुक्रबार ०७:४८

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव तथा रेडियो मकवानपुरका स्टेशन म्यानेजर गणेश दर्पण अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार साँझ प्राप्त रिपोर्टमा कोरोना पुष्टि भएको अधिकारीले बताए ।

कोरोनाको लक्षण देखिएपछि मनहरी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसनमा स्वाब दिएर हेटौंडाको प्रयोगशालामा परीक्षणको क्रममा उनमा कोरोना देखिएको हो ।

दिनदेखि रुघाखोकी, ज्यान गल्ने, दुख्ने, ज्वरो आउने भएपछि परीक्षण गरेको उनले बताए । अहिले अधिकारी होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले जानकारी दिए । केही दिन देखि आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत रहन समेत उनले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*