मकवानपुरे सञ्चारकर्मी गोकर्ण गौतमको निधन

बाइलाइन नेपाल
४ मंसिर २०७७, बिहीबार १४:२९

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका स्थायी घर भई कान्तिपुर दैनिकमा कार्यरत सञ्चारकर्मी गोकर्ण गौतमको बिहीबार निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको बिहीबार बिहान निधन भएको हो ।

कला,साहित्य सम्बन्धी कलम चलाउँदै आएका पत्रकार गौतमको बिहीबार बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा निधन भएको हो । मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए ।

३१ वर्षीय पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउँथे । यसअघि उनी नेपाल साप्ताहिकमा कार्यरत थिए । गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*