मनहरी गाउँपालिकामा एकजना मात्रै संक्रमित

बाइलाइन नेपाल
४ मंसिर २०७७, बिहीबार ११:४७

मनहरी गाउँपालिकाले ८ नं वडा कार्यालयमा स्थापना गरेको आइसोलेसन वार्ड खाली भएको छ । आईसोलेशनमा रहेका २ जना कोरोना मुक्त भई घर फर्किएसँगै आइसोलेसन खाली भएको इन्चार्ज ज्योतिराज लुइँटेलले बताउनुभयो ।

बुधबार मनहरी–४ का २५ बर्षीय पुरुष र मनहरी–७ का ३५ बर्षीय पुरुष कोरोना मुक्त भएका हुन् । यो संगै मंसीर ४ गते बिहिबारका दिन मनहरीमा सक्रिय संक्रमितको संख्या जम्मा १ रहेको । मनहरी–६ का एक महिला अझै होम आईसोलेशनमा रहेर उपचरत रहेको मनहरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

मनहरी गाउँपालिकामा हालसम्म १७६ जना कोरोना संक्रमित भएका छन् । तीमध्ये ७७ जनाको उपचार र हेरचाह आइसोलेसन वार्डबाट भएको थियो । अन्य होम आइसोलेसन र हेटौँडा आइसोलेसनमा उपचार र हेरचाह गरिएको स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिनुभयो । मनहरीमा कोरोना संक्रमणकै कारण मृत्यु भएकाको संख्या तथ्याङ्कमा २ जना देखिए पनि पाँचजनाको ज्यान कोरोना संक्रमणबाटै भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*