वाग्मती प्रदेशका ७८ प्रतिशत कोरोना संक्रमित निको भए

बाइलाइन नेपाल
२९ कार्तिक २०७७, शनिबार ०८:२५

हेटौंडा । वाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमण भएकाहरु मध्यमा ७८ प्रतिशतमा कोरोना निको भएको छ । वाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ११हजार ७ सय ६३ जनामा कोरोना पुष्टि भएको छ । त्यस मध्येमा ८७ हजार ५ सय २१ जनामा कोरोना भाइरस संक्रमण निको भएको वाग्मती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए ।

नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेका छन् । कोरोना संक्रमणकै कारण यस प्रदेशमा ५ सय ९३ जनाको मृत्यु भइसकेको उनले बताए । हिजो शुक्रबार वाग्मती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा १ हजार ३ सय ४६ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । वाग्मती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

देखापरेका संक्रमित मध्यमा २२ प्रतिशत उपचाररत छन् । वाग्मती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै बसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ७८ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् ।

नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा वाग्मती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*