हाम्रो घरका बालबालिकासँग न्यौपानेले मनाए जन्मदिन

बाइलाइन नेपाल
२८ कार्तिक २०७७, शुक्रबार २०:१०

हेटौंडा । अभिभावक विहीन बालबालिकालाई सहयोग गर्दै युवा व्यवसायी सन्तोष न्यौपाने (ज्याक)ले आफ्नो जन्मदिन मनाएका छन् । ग्रामिण जवनस्तर सुधार मञ्चद्वारा सञ्चालित हेटौंडा–५ सिचाईटोलमा रहेको ‘हाम्रो घर बालगृह’मा आश्रित बालबालिकासँग न्यौपानेले जन्मदिन मनाएका हुन् । उनले बालगृहलाई १० हजार रुपैयाँ बराबरको विद्युतीय तथा खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

आफ्नो जन्मदिनलाई बालबालिकासँग उनीहरुलाई सहयोग पु¥याउँदै मनाउन पाउँदा खुशी लागेको न्यौपानेले प्रतिक्रिया दिए । युवा व्यवसायी न्यौपानले हरेक वर्ष आफ्नो जन्मदिनलाई बालगृहमा सहयोग गर्दै मनाउने प्रतिबद्धता पनि जनाएका छन् । कार्यक्रममा बालगृहकी अध्यक्ष इन्दिरा न्यौपाने, निवर्तमान अध्यक्ष बालकुमारी डल्लाकोटीलगायतकाको उपस्थिति थियो ।

१३ वर्षदेखि मञ्चले बालगृह सञ्चालन गरिरहेको छ । हाल बालगृहमा १० बालिका र १९ बालक गरी २९ जना बालबालिका आश्रित छन् । मञ्चले अब ३ सय ६५ जनालाई सदस्य बनाएर बालगृह सञ्चालन गर्ने योजना अघि सारेको छ । ३ सय ६५ जना सदस्यले हरेक दिन खाजा र खाना सहयोग गरे बालगृह सञ्चालन गर्न सहज हुने भएकोले यस्तो अभियानको थालनी गर्न लागिएको अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*