प्रदेश प्रहरी कार्यालय हेटौंडामा बहुउद्देश्यीय भवन निर्माण

बाइलाइन नेपाल
२८ कार्तिक २०७७, शुक्रबार १८:१९

हेटौंडा । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको आज उद्घाटन् गरिएको छ । भवनको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यस भवनमा सभा, समारोह, खेलकुद लगायतका सबै खालका कार्यक्रम गर्न मिल्ने बताए ।

एक जना व्यक्ति सक्रिय हुँदा बहुउद्देश्यीय भवन निर्माण भएको बताउँदै मेयर महतले भभने–‘डिआइजी बसन्तकुमार लामाको सक्रियतामा यस अघि पनि काम भएको र अहिले पनि महत्वपुर्ण काम भएको छ ।’ यस भवन निर्माणका लागि उपमहानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको तर, एक करोड भन्दा धेरै लागतमा भवन निर्माण भएकोमा उनले खुसी व्यक्त गरे । अझै पनि यस भवन वरपर इन्टरलक गर्न, हरियाली बनाउनका लागि सहयोग गर्न तयार रहेको मेयर महतले बताए ।

कुल एक करोड एक लाख रुपैयाँ लागतमा निर्माण भएको यस भवनमा प्रहरीका सभा, सम्मेलन, प्रशिक्षण, आन्तरिक गतिविधि, व्याडमिन्टन, टेवलटेनिस, जिम लगायतका भित्र हुने सबै खालका खेलकुद खेल्न मिल्ने छ ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक (डिआइजी) बसन्त कुमार लामाले उपमहानगरपालिकाको सहयोगबाट सुरु गरिएको यस भवन उपयोगी रहेको बताए । उनले भवन निर्माण पनि खेलकुदसहित शारिरीक अभ्यास तथा ब्ययामका लागि सहज भएको उल्लेख गरे । विभिन्न निकायको सहयोगबाट निर्माण भएको भवन निर्माण प्रहरीकै जनशक्तिबाटै गरिएको लामाले जानकारी दिए ।

पहिले खेलकुदका कार्यक्रम र अरु कार्यक्रम गर्न बाहिर अप्ठेरो संग गर्नुपर्ने भएपनि अब भने सहज भएको डिआइजी लामाले बताए । भवन प्रहरी–समुदाय साझेदारी अनुसारनै निर्माण गरिएको उनले जानकारी दिए । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*