नेवारपानीमा बस र ट्रक ठोकिँदा एकजनाको मृत्यु

बाइलाइन नेपाल
२८ कार्तिक २०७७, शुक्रबार ०७:५७

हेटौँडा। हेटौँडा–१९ नेवारपानीमा बस र ट्रक एकआपसमा ठक्कर खादा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार दुर्घटनामा बसमा सवार एक जनाको ज्यान गएको हो ।

शुक्रबार बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको ना ६ ख १०८५ नम्बरको बसलाई हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना २ ख ७५३८ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा सवार एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकले बसको पछाडी भागमा ठक्कर दिएको उल्लेख छ ।

मृत्यु हुनेमा सर्लाही चक्रघट्टा का अन्दाजी ४० बर्षीय राजकिशोर रायको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मुत्यु भएको प्रहरीले जनाइएको छ। ट्रक तथा बस र दुबै सवारीका चालक मकवानपुर प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*