मकवानपुरमा देउसी भैलो खेल्न नपाईने

बाइलाइन नेपाल
२७ कार्तिक २०७७, बिहीबार २१:०२

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले देउसी भैलो खेल्न रोक लगाएको छ । कोरोना भाइरसका कारण यसवर्षको तिहारमा खेउसीभैलो नखेल्न प्रशासनले जिल्लावनसीलाई अनुरोध गरेको छ ।

प्रशासन कार्यालयले सूचना जारी गर्दे तिहारमा देउसी भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलाप नगर्न आग्रह गरेको छ । प्रशासनले तिहार र छठपर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशिल पदार्थको प्रयोग, भण्डारण, ओसारपसार र बिक्री वितरणमा समेत रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी सूचनामा कोरोना संक्रमितको संख्या बढिरहेकोले तिहार तथा छठ लगायतका पर्व मनाउँदा आफ्नो घरमा स्वास्थ्य एवं सुरक्षाका मापदण्ड पालन गर्न अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*