हेटौंडा र मकवानपुरगढी जोड्ने सडक धमाधम पक्की

बाइलाइन नेपाल
२७ कार्तिक २०७७, बिहीबार २०:२८

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडा र मकवानपुरगढी गाउँपालिका जोड्ने सडक पक्की बनाउने काम भइरहेको छ । राजधानी र गाउँपालिका कार्यालय जोड्नका लागि पक्की सडक निर्माण सुरु भएको हो । एक करोड रुपैयाँ लागतमा ठेक्का मार्फत स्लाब ढलान गरेर पक्की सडक निर्माण गर्न लागिएको मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंले बताए ।

हेटौंडाको पिप्ले–मक्रान्चुली सडक खण्डमा स्लाब ढलान भइरहेको जनाइएको छ । ७ सय मिटर सडकमा स्लाब ढलान गरिने अध्यक्ष हुमागाईले जानकारी दिए । चालु आर्थिक वर्षमानै फेरि एक करोड रुपैयाँ लागतमा गढी गाउँपालिका जोड्ने सडकलाई पक्की बनाउने कामलाई निरन्तता दिइने उल्ल्ेख छ । आउँदो वर्ष सम्ममा हेटौंडाको पिप्लेबाट गाउँपालिकासम्म जाने मूल सडक पक्की निर्माण गरिसक्ने गाउँपालिकाको योजना रहेको छ ।

गाउँपालिका जोड्ने र वडाका मूल सडकहरुलाई पक्की निर्माण गर्ने अभियानमा गाउँपालिका लागिपरेको छ । बिगत तीन वर्ष देखि गाउँपालिका जोड्ने मुल सडक पक्की निर्माण गर्ने काम भइरहेको छ । कच्ची सडकबाट ओहोर दोहोर गरीरहेका गाउँपालिकाका वासिन्दाहरु अवको एक वर्ष भित्रमा प्रदेश राजधानी ओहोर दोहोर गर्दा पुरै पक्की सडकबाट ओहोर दोहोर गर्न पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*